Skip to content
BhanwanaSubba-05


मनमा कुरा खेल्दा खेल्दै निद्रा भागेछ
अनेक कुरा झेल्दा झेल्दै निद्रा भागेछ

परिस्थिति सुल्झाउने कोशीस गरेर
भाग्यलाई पेल्दा पेल्दै निद्रा भागेछ

जीवनपथमा हिडुँ भन्दा आए उतार चढावहरू
आँधी हुरी छेल्दा छेल्दै निद्रा भागेछ

जिजीविषा कायम राख्ने अथक प्रयासले
जिन्दगीलाई बेल्दा बेल्दै निद्रा भागेछ

हाँसो खुसी दुःख रोदन अनेक बहानामा
‘भावना’ लाई जेल्दा जेल्दै निद्रा भागेछ ।।

1 thought on “निन्द्रा भागेछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *