
प्रत्येक सोचहरूमा
यो निलो सगर मुनि
यो हरियो धर्तीमाथि
खेतका प्रत्येक गराहरूमा
बुद्धहरू रोप्नु पर्छ
प्रत्येक युद्धका सोचहरूमा
यो धर्तीको ओछ्यानहरूमा
बुद्ध फलाउनु पर्छ
आगोका लप्काहरूले
बारूदका पडकाहरूले
धर्ती बिक्षिप्त बनी सक्यो
त्यसैले आऊ अब फेरि बुद्ध रोप्नु पर्छ
प्रत्येक गाउ बस्तीहरूमा
प्रत्येक गगन चुम्बीहरूमा
बुद्ध रोपेर फलाउनु पर्छ
प्रत्येक आमाहरूले अब
जननीहरू ! अब को गर्भ धारणमा
बुद्ध बोक्नु पर्छ
बुद्ध गर्भ धारण गर्नु पर्छ
बुद्ध जन्मनु पर्छ / बुद्ध जन्माउनु पर्छ
आमाहरूले भन –
बुद्ध रोप्छौ भने सम्भोग गर
म गर्भ धारणामा बुद्ध उमार्छु
मैले अब बुद्ध नफ़लाई हुदैन
अभिशप्त यो कोलाहलमा
बुद्ध फल्दैन भने
तिमीसँग बुद्धको बिउ छैन भने
भो मलाई चाहिदैन त्यो विर्य
तरबारले तोपले धेरै रगत खाइ सक्यो
अब बुद्ध फल्दैन भने मलाई सम्भोग गर्दै नगर
बरु म बाञ्झिएरनै बस्छु
अब बुद्ध बोक्नु पर्छ
प्रत्येक बाबुका काँधहरूले
आऊ अब बुद्ध रोप्नु पर्छ
प्रत्येक आमाका गर्भहरूमा बुद्ध बोक्नु पर्छ
प्रत्येक मस्तिष्कका गराहरूमा बुद्ध उमारेर
बुद्ध फल्नु पर्छ !!
2012-09-07 04:16:17 +0545
