फुल्दा फुल्दै प्रीत हाम्रो, भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
प्रेम अनि युद्धमा त, सबै कुरा जायज भन्थे
देउता बस्छन् मन्दिरमा, माया बस्छ मनमा भन्थे
न बनाउन सकेँ मन्दिर, न माया दिलमै सजाउन
न त सकेँ तिम्रो मनमा, विश्वासको दियो बलाउन ।
फुल्दा फुल्दै प्रीत हाम्रो, भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
बाँधै बाँधी राखे पनि, चर्की बाध फुटेयो माया
बन्धन रैछ दुई दिनको, चङ्गा सरी टुट्यो माया
जिन्दगी नि यस्तै रैछ , सुःख दुःख साट्नै पर्ने
लाखौं चोट मनमा राखी, ओठ खाली हाँस्नै पर्ने ।
फुल्दा फुल्दै प्रीत हाम्रो, भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
…………दर्पण
