Skip to content

आखिर उनी को होलिन


पूर्णिमाको रात थियो । जुन टहटह लागिरहेको थियो । बातावरण सुनसान थियो । चारैतिर खाली कुकुरहरू कराएको मात्र सुनिन्थियो ।

उफ…. आज मलाइ पटकै निद्रा लागिरहेको थिएन । त्यस्तै रातको१२ बजेको हुँदोहो । धेरै पटक धेरै कोल्ल्टे फेरेँ । तर निद्रादेवी पटकै आइन्नन। यतिकैमा उठेर झ्यालको पर्दा उघारेर बाहिराको दृश्य निहाल्न थाले । केही परतिरबाट एउठा आकृति जस्तो चिज आईरहे झैं लाग्न थाल्यो ।

रातको समयमा के होला त्यो ? मनमा कौतुहल बढेर गयो । मैले त्यो आकृतिलाई एकनासले निहाल्न थाले । अब त्यो आकृति बिस्तार बिस्तारै बड्दै गईरहे झै लाग्न थाल्यो । एकै क्षणमा त्यो आकृतिले एउटा मानिसको रूप लियो । त्यस समयसम्म मेरो आँखाले त्यो दुश्य ठमाउन सक्नेसम्म भैसकेको थियो । सेतो भेषमा एउटा नारी रहेछिन उनी ।

मलाई निकै डर पनि लाग्न थाल्यो । मैले पहिला पहिला सुनेको भूतप्रेतको कथा याद आयो। कतै कथामा सूनेको प्रेतआत्मा त हैन उनी? यति समयसम्ममा उनी हाम्रो घर अगाडि आईसकेकी थिईन। मैले त्यो दृश्य निकै चाख लगाएर हेर्दै थिएँ । उनी हाम्रो घरकोअगाडि उभिएर हाम्रै घरतिर एकनासले नजर लगाईन मलाई झन निकै डर लाग्न थाल्यो ।

केही क्षणको हेराई पछि उनी अगाडि बड्न थालिन मलाई निकै कौतुहल जागेर आयो । को होलिन उनी अनि म हत्तार हत्तार बाहिर निस्किएर उनलाई भेट्ने प्रयात्न गरे तर अफ्सोच उनी तेस ठाँउबाट हराई सकेकी थिईन।

आखिर उनी को होलिन? रहस्यमय प्रश्नबनेर अझ्झ सम्म मेरो मनमा बसेको छ।

सनम गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *