पूर्णिमाको रात थियो । जुन टहटह लागिरहेको थियो । बातावरण सुनसान थियो । चारैतिर खाली कुकुरहरू कराएको मात्र सुनिन्थियो ।
उफ…. आज मलाइ पटकै निद्रा लागिरहेको थिएन । त्यस्तै रातको१२ बजेको हुँदोहो । धेरै पटक धेरै कोल्ल्टे फेरेँ । तर निद्रादेवी पटकै आइन्नन। यतिकैमा उठेर झ्यालको पर्दा उघारेर बाहिराको दृश्य निहाल्न थाले । केही परतिरबाट एउठा आकृति जस्तो चिज आईरहे झैं लाग्न थाल्यो ।
रातको समयमा के होला त्यो ? मनमा कौतुहल बढेर गयो । मैले त्यो आकृतिलाई एकनासले निहाल्न थाले । अब त्यो आकृति बिस्तार बिस्तारै बड्दै गईरहे झै लाग्न थाल्यो । एकै क्षणमा त्यो आकृतिले एउटा मानिसको रूप लियो । त्यस समयसम्म मेरो आँखाले त्यो दुश्य ठमाउन सक्नेसम्म भैसकेको थियो । सेतो भेषमा एउटा नारी रहेछिन उनी ।
मलाई निकै डर पनि लाग्न थाल्यो । मैले पहिला पहिला सुनेको भूतप्रेतको कथा याद आयो। कतै कथामा सूनेको प्रेतआत्मा त हैन उनी? यति समयसम्ममा उनी हाम्रो घर अगाडि आईसकेकी थिईन। मैले त्यो दृश्य निकै चाख लगाएर हेर्दै थिएँ । उनी हाम्रो घरकोअगाडि उभिएर हाम्रै घरतिर एकनासले नजर लगाईन मलाई झन निकै डर लाग्न थाल्यो ।
केही क्षणको हेराई पछि उनी अगाडि बड्न थालिन मलाई निकै कौतुहल जागेर आयो । को होलिन उनी अनि म हत्तार हत्तार बाहिर निस्किएर उनलाई भेट्ने प्रयात्न गरे तर अफ्सोच उनी तेस ठाँउबाट हराई सकेकी थिईन।
आखिर उनी को होलिन? रहस्यमय प्रश्नबनेर अझ्झ सम्म मेरो मनमा बसेको छ।
सनम गोले
