Skip to content

तीजको रहर आयो बरी लै …

आकासे वाछिटाहरु छल्दै
खहरेका भंगालाहरु तर्दै
खुसीको कोसेली बोकेर
म आउदैछु आमा तीजको लहरमा
आउदैछु म तीजको रहरमा

मेलापात धन्दाहरु सिकुवामा सुकाएर
दुख: आँसु सबै लुकाएर
देवी देउता भन्ज्यांग भाक्दै
देउराली लाई साक्षी राखेर
उकाली ओरालीहरू तरेर
आउदैछु म त्यो रहरमा
आउदैछु म त्यो लहरमा

आँखाभरी खुसीका छहरा संगै
मनको करेसाबारीमा
रंगी चंगी फुलहरु रोप्दै
आउदैछु म तीजको लहरमा
आमा ! त्यो तिम्रो काखको रहरमा

तिमीले पकाएको त्यो ढकने
मालपुवा खीर अनि रोटीहरू
खानेछु पिंढीमा त्यो न्यानो काखमा
आमा ! तीजको त्यो लहरमा

बाबाले ल्याइदिएको छिटको रातो सारी
भाउजुले दिएको त्यो रातो चुरा
अनि सिन्दूरपोते लाएर नांचौला
अनि गाउंला तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै
रमाइलो तीजमा /रमाइलो तीजमा !!
!==========================
(समर्पण नेपाली नारी जगतमा ) तीज २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *