Skip to content

एउटा मान्छेको मायाले कति


एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिश्वासको
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो

बिछोड हुँदाको दुखमा पनि भरोसा हुन्छ मिलन को
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहराको
मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो

शब्द – चाँदनी शाह
स्वर, संगीत – नारायण गोपाल

1 thought on “एउटा मान्छेको मायाले कति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *