अब नहिँने सही बाटो
हिँडने चाहिँ कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो ।।१।।
देश रहे हामी रहन्छौं
अनि रहला संस्कृति,
दाजुभाई नल्याउ है
बिन्ती देशमा विकृति ।।२।।
विष हटाई मनबाट
अमृत भर्ने कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो ।।३।।
देशकै बोकौँ चन्द्र सुर्य
ठुलो शान यही नै,
जात जाती भाषा भाषी,
पहिचान हाम्रो त्यही नै ।।४।।
पहिल्यै जस्तो हातेमालो अब
गरि बढ्ने कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो ।।५।।
अब नहिँने सही बाटो
हिँडने चाहिँ कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो …………..दर्पण
