संघर्षका पाइलाहरू चाल्न अझै बाँकी नै छ
निरङ्कुसको खम्बालाई ढाल्न अझै बाँकी नै छ
कुरा मात्रै गणतन्त्र भो काम हुन्छ पञ्चायती
पञ्चायती शासनलाई फाल्न अझै बाँकी नै छ
प्रवासी प्रगतिसिल योध्धा स्वदेश फर्काउन
रोजगारी देश बिकास थाल्न अझै बाँकी नै छ
दाजु भाई लरेर देशलाई धुजा धुजा पारे
फाटेको मेरो देशलाई टाल्न अझै बाँकी नै छ
हिमाल पहाड तराइ मधेस सबै मिलेर
राष्ट्र पहिचानको बत्ती बाल्न अझै बाँकी नै छ
प्रेम प्रसाद
