Skip to content

तिम्रो त्यो मोहक रूपको .बर्णन कसरी गरौँ म

20120923_ShantiRamDhakal_Poem


अस्मिताको बर्कोले ढाकेको त्यो शिर
निश्चल नयनहरूको हेराइ
रातो टिका निधारमा सौभाग्यको
अनि उच्च त्यो तिम्रो ललाटको
त्यो सुन्दरताको बर्णन कसरी गरौँ

चौबन्दीमा त्यो रातो चुरा
त्यो रातो पोते तिम्रो संसारको
कम्मरमा टिमिक्क मिलेको
त्यो तिम्रो सेतो पटुकी
त्यो सुन्दरताको बर्णन कसरी गरौँ

स्वर्गकी अप्सरा हौ कि ?
दन्त्य कथाकी परी हौ ?
तिम्रो त्यो मोहक रूपको
बर्णन कसरी गरौँ म

सपक्क मिल्रेको त्यो केश-राशी को
त्यो निष्कपट दृष्टिको
त्यो तिम्रो निर्मल रूपको
त्यो तिम्रो निश्चलताको
अनि त्यो तिम्रो अबोध पनको
बर्णन कसरी गरौँ म

ती आँखाका परेलीहरू
त्यो तिम्रो सुन्दर हेराइको
ती आँखाका परेलीहरूको
त्यो मन मोहक रूपमा
कसरी पो बर्णन गरौँ म

कति फुर्सदमा बनाएको होला
कति परिश्रम गरे होला
तिम्रो आगमनमा इश्वरले

स्वर्गकी अप्सरा हौ कि
दन्त्य कथाकी परी हौ
बर्णन कसरी गरौँ म
तिम्रो त्यो मोहक रूपको
बर्णन कसरी गरौँ म !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *