Skip to content

सिउँदोमा सिन्दुर भराई


सिउँदोमा सिन्दुर भराई पराई कै भयौं ।
घातगरी छोडीजाने कस्तो माया लायौं ।

तिमी डोली चढी जाने बाटो नछेकुँला
पर्खाल बनी उमङ्गका पाइला नरुकुँला
बिदाइमा रुवाई तिम्ले, खुसी लिई गयौ
घात गरी छोडी जाने, कस्तो माया लायौं ।

खुसी भई बाँच्यौ होली, मुटु दुखाई जाँदा
मेरो भागको खुसी पनि, संगै तिम्ले लादाँ
दोबाटोको ढुङ्गा नै हुँ, पन्साई टाढा भयौं ।
घात गरी छोडी जाने, कस्तो माया लायौं ।

सिन्दुर भराई सिउँदोमा, पराई कै भयौं ।
घातगरी छोडी जाने, कस्तो माया लायौं । …… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *