समर्पित छ तिमीलाई मेरो यो गीत
तिम्रौ निम्ति बाँचौं लाग्ने कस्तो यो प्रीत ।
कुरा काटी हिँड्छन चोखो माया प्रेमको
देखी सहन्न समाजले हामी दुईको हित ।
भगाई लान्छु तिमीलाई मायालुको देश
तिर्नपरे ति र्छुबरू चलन चल्तीको रीत ।
सुन्दर शान्त बगैचामा हाम्रो घर हुनेछ
दुनियाले तब देख्ने छ माया प्रेमको जीत ।
आऊँ घरजम बसाऊँ दुई मुटुको बिच
भरोसा छैन जीवन पातमाथिको शीत ।
सनम गोले
मकवानपुर हाल मलेशिया
