Skip to content

सबै काम छोडेर देश पोल्ने काम भो !


सबै काम छोडेर ढुंगा हान्ने काम भो,
बन्द गर्ने निहुमा टायर बाल्ने काम भो,
राजनीतिको नाममा जनता ठग्ने काम भो,
हुदा हुँदा संसारमा हाम्रो अत्तिनै नाम भो !

संविधानको नाममा ढुकुटी फोर्ने काम भो,
संघियताको नाममा देश तोड्ने काम भयो,
विकाशको नाममा नाक नाप्ने काम भयो,
समावेसीको नाममा हतियारको व्यापार भो !

तराई पहाडको एकतामा रंग पोत्ने काम भो
सुरक्ष्याको नाममा हतियारले काम भो,
धर्मको नाममा रगत बगाउने काम भो
सबै काम छोडेर रेलिंग भाच्ने काम भो !

पार्टी पार्टी भनेर सबै नेता हुने काम भो
देशको भन्दा अझ हाम्रो पार्टीको ठुलो नाम भो
संविधानको नाममा भत्ता चट्काउने काम भो
सबै काम छोडेर जनता ठग्ने काम भो !

रोग निदान भन्दा रोगीनै निदान गर्ने काम भो
गरिवी सक्नु भन्दा भन्दा गरिवनै नाश्ने काम भो
संसार को विकाशमा हाम्रो अत्तिनै काम भो
सबै कुरा छोडेर ढुंगा हान्ने काम भो !

देश चलोस् नचलोस आफु मोटाउने काम भो
पार्टी पार्टी को निहुमा आफैं बन्ने काम भो
देश जाये भाडमा आफ्नालाई उकास्ने काम भो
समानताको नाममा घांटी गिड्ने काम भो !

जातीयताको नाममा रगतको रंग फरक भो
अपहरण, लुट, हत्या जीवन चक्र बन्ने भो
स्कूल गएका बाल बालिका बेलुका घर नफर्कने भो
आफन्त को भिडमा कसैको विश्वास नहुने भो !

राजनीतिको नाममा कलोपोत्ने काम भो
साधु जत्ति शुलिमा चोर पाल्ने काम भो
जनता लाई बन्धक राखी गुण्डा पाल्ने काम भो
नेता जति सबै बाट देश पोल्ने काम भो !

सबै काम छोडेर ढुंगा हान्ने काम भो,
सबै काम छोडेर रेलिंग भाच्ने काम भो,
सबै काम छोडेर जनता ठग्ने काम भो,
सबै काम छोडेर देश पोल्ने काम भो !!

First published in Majheri on : 2012-09-28 01:16:18 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *