मुटुभरि माया साँच्ची लुकाएँ कि कतै ?
प्रीतको गाँठो जानेर, फुकाएँ कि कतै ?
स्वास बनी तिम्रो धड्कनमा भित्र पस्दा
ढुकढुक गर्ने मुट त्यो, रुकाएँ कि कतै ?
हाँसी मजाक गर्दा गदै रुखो बोलीले
अन्जानैमा तिम्रो चित्त दुखाएँ कि कतै ?
माछा बनी पौड्न्थ्यौं मायाको सागरमा
जानी जानी ताल पनि, सुकाएँ कि कतै ?
जिउ ज्यान सुम्पी मेरै भर पर्दा खेरी
गल्ती गरी शिर अन्तै, झुकाएँ कि कतै ?…….दर्पण
