Skip to content

मान्छे, स्वास्नी र लोग्ने

  • by


स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने र मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न-एक्काइसौ सदीका हामी जो छौ ती भूपीका कविताको हामी होइनौ-फगत् पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौ-फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौ हामी-जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका । देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिउला तर प्रधानको विश्लेषणमा त बौलाउनुभन्दा मर्नु निको ! पुख्र्यौली आहृवान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ- अभिको । उनी नारायणलाई फालेर ख्याती आर्जनमा तल्लिन छन् । कुरा ठीकै हो-ओम् मणिपझे हुंम् ! भन्नेहरू त चन्द्रलोकतिर हिडे भने नारायण भजेर सुख पाउने लोभ किन लिइराख्ने ? प्रकृतिमा कही कतै कुनै नारायणको अस्तित्व छ भने बूढानीलकण्ठमा लम्पसार परेको मूर्तिबाहेक अर्को सम्झना सजीव हुदैन । ढुङ्गाको कलात्मक आकृति-डुङ्गाको सहाराबिना पानीमा लम्पसार । तैरिएको हैन, बौरिएको पनि होइन- क्राइष्टको कथामा झैा । अथवा सनातन अवतारवादमा झै । बिनानारी जन्मिने-बिनापुरुष जन्मने-देवताहरू छन्-, मनुष्यहरू छैनन् । मनुष्यहरू होलान् अस्पतालमा बच्चा छाडेर भाग्ने तरुनीहरूलाई थाहा छ- ऊ कोसाग रमाइलो गरेकी थिई । सिस्नाको झाङमा अथवा फोहोरका थुप्रामुनि अवतार लिने शिशुलाई थाहा नहोला तर ती ठाउमा फाल्ने निष्ठुर हातहरूलाई थाहा छ- उसले एउटा सुन्दर कलाको विनाश गरिरहेको छ । कतै त्यही हातको उपचार गर्न ऊ पछि अस्पतालमा डाक्टर भइरहेको पो छ कि ? हाम्रा अनाथालयहरूबाट पनि त अनौठाअनौठा प्रतिभाहरू जन्मिरहेका छन् । यद्यपि ‘प्रेम भनेको यौनभावनाको विकृत रूप हो’ भन्ने पक्षमा म छैन र म मेरो साहित्यलाई नै अतृप्त बासनाको उच्छ्वास भन्ने पक्षमा पनि छैन । यी दुवै अर्थात् प्रेम र साहित्य, मान्छेका मनको अनुराग मात्र होइनन्, जीवनका पराग पनि हुन्, समयअनुसार फुल्छन्- फल्छन्-ढल्छन्-गल्छन् ।

स्वास्नी शब्दलाई घृणाले नहेर त्यही नै देवीको निकटतम् रूप हो, जसलाई तन्त्रशास्त्रले सृष्टिकलाको रूपमा हेर्छ । परन्तु देवत्व चढाएर होइन । मानुषी गुणमा नै एउटी नारी कल्याणकारी बन्दछे । जीवन सागिनी हुन्छे । सागै हाास्छे, सागै रुन्छे । यही संयोगले विश्वबिराट बन्यो । दर्शनले उषागान गर्‍यो । सौन्दर्यको स्तुतिगान गर्दागर्दै कविहरूले मान्छेको महिमा गाउन भुले । धर्तिमा जे छ त्यो मान्छेका लागि- मान्छेमा जे छ त्यो समाजका लागि । हामी-हामी हौा भने समाजवादी भइहाल्छौा, म मैा टाक्सिएका छौा भने हामी हुन सक्दैनौा । प्राकृतिक छौा भने नरनारी बराबरी । छैनौा भने नानाथरी । मलाई ‘गे’ र ‘लेस्बियन’ दुवै मन पर्दैनन् । तिनीहरूद्वारा मानवताको उपहास भइरहेको छ । अप्राकृतिक दम्भले प्राकृतिक झल्को दिए पनि त्यो कल्याणकारी हुादैन । समलिङ्गी संसारको विकल्पले प्रकृतिमाथि विजय सम्भव छैन । सम्भावना देख्नेहरू त छन् तर ती सबैको आधार प्रकृति रहेको छ । प्रकृतिले संयोग र वियोग मात्र हैन, सम्भोग र सिर्जना पनि सागसागै राखेको छ । सायद दुनियााको यही एउटा विकल्पले नरनारी बराबरीको अस्तित्वमा हामीलाई पनि सातत्य दिएको छ ।

थोरैले भन्ने गरेको तर धेरैलाई थाहै नभएको खुम्चिएको संसार, भूगोली गाउा र सूचना सञ्जालका बारे मेरीआमालाई सोधुझै लाग्छ । भन्न त भनिन्छ तर मेरा गाउाघरको अवस्था उपत्यकाभित्रै पनि त दर्शनभेट हुन्छ । आमाहरू नै पनि थरीथरीका छन् । एकसठ्ठीको जनसङ्घर्षमा सतासी वर्षे छायादेवी पराजुली ‘शिरमा कफन बााधेर’ राजालाई औाला ठड्याउाछिन- लोकतन्त्र नखोस है, लखेटिनु पर्ला ÛÛÛ ती पनि स्वास्नीमान्छे हुन् । व्यक्तिबाट समष्टितर्फ प्रवाहित चिन्तनधारा हुन् । एक्काइसौा शताब्दीको मान्छे व्यक्तिवादी भएर बााच्न सक्दैन । राहुल सांकृत्यायनले परिकल्पना गरेको ‘बाइसवीं सदी’ मैले भोग गर्ने युग होइन । जसरी कुनै कुनै रचना पढुञ्जेलका लागि सीमित हुन्छन् त्यसरी नै कुनै व्यक्ति बााचुञ्जेलका लागि मात्रै अस्तित्वमा रहन्छ । त्यसखाले अस्तित्ववादी पनि म होइन । सबै गेडागुडीलाई एकै ठाउा पकाएर क्वााटी खाने हाम्रो चलन छ भन्दैमा सबै वाद, विचारधारा र बोलीबचनलाई मिसाएर मेरो दर्शन निर्मित छैन । यद्यपि विशुद्ध रक्तवंशको दम्भ गर्नेहरूलेझै पूर्ववर्ति कुनै ज्ञानको प्रभाव ममा छैन भन्ने पक्षमा पनि म छैन । त्यसैले मेरा केही लेख, रचना, निबन्ध समीक्षा र कवितामै पनि अरूहरूका मत मान्यता, विचारशैली र कलाको मिसमास फेला पर्नसक्छ । यो संयोगको कुरा हो र मैले सम्भोग गरेका दर्शन, विचारधारा र सत्सङ्गको छायााछवि पनि हो । म पुस्तकसाग खेल्छु र पुस्तकसागै बोल्छु । कहिले त झगडा पनि गर्छु । तुलनात्मक सामथ्र्य मेरो नै बलियो छ, त्यसकारण म जित्छु र प्रत्येक पराजित पुस्तकहरूका बारेमा मेरो विजयश्री झल्कने गरेर समालोचना लेख्छु । त्यो एक प्रकारको युद्धइतिहास बन्छ- वाणियुद्ध, विचारयुद्ध अथवा तपाईंलाई वर्गयुद्ध भनेको मनपर्छ भने त्यो एक प्रकारको वर्गयुद्धै पनि हो । त्यहाा मसाग मेरो कलम सारथि बनेझैा देखिन्छ तर मुख्य सारथि म भित्रको दीयो हो, जो मेरो जीवनको अनुभूतिद्वारा देदिप्यमान हुन्छ । त्यही चेतनामा भोक, शोक र रोगसाग जुध्दै मैले अहिले तपाईंसाग मुकभाषामा कुरा गरिरहेको छु- मान्छे, स्वास्नी र लोग्नेका बारेमा ।

मान्छे परिभाषामा अटाउदैन । परिभाषा मान्छेमा पनि त अटाउादैन- सन्तान थरीथरीका । चिन्तन विधि, तरिका सबैमा भिन्नता छ, तैपनि प्रत्येकले प्रत्येकलाई आ-आˆनै भाषा-परिभाषामा, दृष्टि-दिव्यदृष्टिमा हेर्ने, बुझ्ने-बुझाउने र बदल्ने चेष्टा गरी आएका छन् । कोही सफल, कोही असफल । उदयानन्द अज्र्यालले शक्तिबल्लभकै बाटो पक्रिए तर विचरालाई अङ्ग्रेजी हुकुमतका सेवक जङ्गबहादुरवंशको शासनले निकै कक्र्यायो । अघिअघिका विद्वान् प्रतापीहरूले मात्रै आˆना नाममा गोत्र चलाएका छन् भन्ने कुरालाई चुनौती दिदै कुवर-सन्तानहरूले जबरालाई जमरा बनाइ सिउरेका छन् । त्यसैले मान्छे पुरानो परिभाषा बाहिर दगुर्दै स्वास्नी खोज्छ, लोग्ने रोज्छ Û परन्तु भविष्यप्रतिको दायित्व भने आफूमा हैन समाजमा पो छ भन्छ र खितित्त हाास्छ-नकच्चरो स्वभाव ! प्रकृति वास्तवमा नकच्चरो छ- योग-भोग, सृष्टि-सिर्जना सबैमा । कहिले ऊ बोध शून्य हुन्छ, कहिले तर्क गर्छ-मनको सागरमा लहरिदै, जीवनको चैतन्य पाएर बुद्ध बन्न पुग्छ- मध्यममार्गी बन । यो कुरा त कन्ˆयुसियसले पनि त भनेका छन् । खै हाम्रा वीर-विक्रमहरूको पराक्रम ? बुद्धकालीन लोकसम्मतिलाई समेत अगाल्न नसकेपछि कसरी एक्काइसौा शताब्दीको कुरा थाल्ने ? काम गर्ने अग्रसरता त परै रहृयो । मान्छे महान् मरेपछि हुने हुादा बााच्न पाउने अधिकारको कुराभन्दा मर्न पाउने अधिकारको कुरा पो सुहाउला Û कसैको अधिकार मार्न पाउने भएपछि कसैको अधिकार मर्न पाउने हुनुपर्‍यो । मानवअधिकार आयोग त राष्ट्रको गहना पो त ! नागरिकले सोमर्ने हक हेरचाह अड्डा बुझेपछि पनि हुन्छ त ? इतिहास स्त्री हातबाट निर्मित सभ्यताको कथा भए पनि ती हारे ! विजेता बनेका भगवती, दुर्गा र कालीको कथा अवचेतन मनबिम्बित श्वैरकल्पना मात्र हो । त्यसैले ती मान्छे होइनन्, देवी हुन् । लोग्नेहरूलाई चुनौती दिने आधुनिक नारीवादीहरूका प्रेरणा स्रोत ! । मान्छेबाट नित्य पूजा खान्छन्, रगत पिउछन् र लामो जिब्रा देखाउदै हास्छन् पनि । बन्दुक बनेको युगमा भए उनीहरूका हातमा मेसिनगन हुन्थ्यो र टेङ्कमाथि चढेर अथवा रकेट-क्षेप्यास्त्रमा उडेर बम खसाल्दै गरेका हुन्थे होलान् । आˆनो जुगको हिंस्रक जीवमा चढे । त्रिशूल हानेको दृश्यमा फरिया लगाएको भन्दा सैनिक कम्ब्याटमा तिनीहरू सजिएका हुन्थे र वरिपरि लोग्नेमान्छेहरूले हात जोडेर निहुरिएका देखिन्थे ।

मलाई थाहा छ- मनका कुरा अलि अनौठो पनि हुन्छन् । त्यसो त त्यो जीवनकै प्रतिबिम्ब हो, त्यसमा कुनै स्वर्गबाट परीहरूले ल्याएका पाहुरको पोका हुादैनन् । वास्तवमा स्वर्गको कथा त मान्छेको मनलाई जीवन सोच्न सिकाउने काल्पनिक आख्यानमा टिकेको छ । पछिसम्मका लागि सोचेर धर्तिलाई सिगार । योजनाबद्ध विकास गर । स्वर्गभन्दा पृथ्वी नै सुन्दर छ, त्यसैले त ईश्वरले यही नै जन्म लिने गर्छन्- मान्छे भएर । अनि म कसरी मान्छे भन्दा ठूलो अथवा सुखी त्यस काल्पनिक पात्रलाई मानु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *