Skip to content

सियो रोप्दा सानो होला

  • by


सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

सधै सागै बस्ने गरी आउादैन वसन्त नि ।
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।

औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा
कठ्याङ्गि्रए यो मुटुको अगेनामा लपे हुन्छ ।।

चोर आैला देखाउछन् एक्लै खादा दुनियाले ।
मिलिजुली हसुरेमा सुनेको छु ‘बफे’ हुन्छ ।।

बाध कतै बाध्या छैन पर्खाल नि हाल्या छैन ।
आकाशले भन्छ ‘बूद’ आट झिकी टपे हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *