Skip to content

मलाई मान्छे उस्तै लाग्थ्यो भिन्न हुँदो रै छ


मलाई मान्छे एउटा लाग्थ्यो
भिन्न हुँदो रैछ
बोली चाली मिठो तर
जाली हुँदो रैछ
बोल्ने एउटा गर्ने अर्कै
चाला बेग्लै रैछ
मन सबै पगालेर
नौनी लुट्दो रैछ
नयनमा भेल बगाई
पारी तर्दो रैछ
मन भित्र भक्कानु को
ढुंगा हान्दो रैछ
मलाई मान्छे एउटा लाग्थ्यो
भिन्न हुँदो रैछ
बोली चाली मिठो तर
झ्याली हुँदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *