बिगतभन्दा हाँसेकी छु अचेल
वर्तमानसँग साईनो गाँसेकी छु अचेल
अलच्छिनी भन्छन तर बाध्यताले
पोथी भए पनि बासेकी छु अचेल ।
कहिले आँसु पिएर जिएँ
कहिले व्यथा लिएर जिएँ
झिनो आशा पालेर भएपनि
धातु झै खिएर जिएँ ।
खाडलमा हैन डिलमा छौ लाग्छ
एक अर्काको दिलमा छौ लाग्छ
मिठो मिठो सपना देखिरहने
दुई नयनको झिलमा छौ लाग्छ ।
