आत्माले नै आत्मा यो, जोडी स्वर्ग तरुँला ।
स्वार्थी भो यो दुनियाँ, छोडी स्वर्ग तरुँला ।
मेरो साथ तिमीलाई नि स्वीकार्य भए
आफन्तको नाता पनि, तोडी स्वर्ग तरुँला ।
प्रिय सुन अब अन्तै मन नडुलाऊ है
मनको माया मनैमा, गोडी स्वर्ग तरुँला ।
पाप धर्म जे गरे नि बोकी जाऊँ शिरैमा
बैर्तनीको ढोकासँगै, फोडी स्वर्ग तरुँला ।
आत्माले नै आत्मा यो, जोडी स्वर्ग तरुँला ।
स्वार्थी भो यो दुनियाँ, छोडी स्वर्ग तरुँला ।।
दर्पण
