मञ्चन अघिको काहानी छ मसँग
आँशुले भिजेको सिरानी छ मसँग ।।१।।
सक्दिन उड्न म फिजाएर पँखेटा
अवधी नाघेको राहादानी छ मसँग ।।२।।
कसरी गरु म त्यो समुद्र मन्थन
नेती पो छिनेको मदानी छ मसँग ।।३।।
स्वार्थी छ जमना को पो छ र अछुतो ?
स्वार्थले छोपेको बैमानी छ मसँग ।।४।।
के सक्छ स्वीकार्न दुनियाँले मलाई ?
अस्मिता लुटिएको जवानी छ मसँग ।।५।।
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब
