याद् आयो कसो गरी बिर्सें भन्थ्यौ तिम्ले मलाई
सजाएर अर्कै लाई किन सम्झ्यौ तिम्ले मलाई
भन्थ्यौ तिम्ले मनैबाट निकालेर मिल्काइदिए
आज फेरि ठ्ट्टा गर्दै फसाउदैछ्यौ तिम्ले मलाई
नसालु ती नयनहरूले देखेपछि रन बन
कोइली जस्तै बास्दै गयौ भुलिगयौ तिम्ले मलाई
कल्पनामा सयौ पल्ट बगिरहे अतितसँग
सघै बग्दा चिप्ल्याएर बीचमा फाल्यौ तिम्ले मलाई
परिस्थिति सबै बुझी बाँधिन्छु यो मन अब
झुटो वैभव प्यारो ठानी छोडिगयौ तिम्ले मलाई
