Skip to content

हुन सक्छ देखावटी पन


आँखामा श्रावण कहिले सुकेन
वर्षिदिन्छ झम झम
मनको वह थामिएन कहिले
बढिदिन्छ किन हो झन झन ।

मानिस किन यत्तिधेरै स्वार्थी
किन मिल्दैन मान्छेको मन
बिकावटी भयो मानिस आज
पैसामा बेचीदिन्छ किन तन ।

एकमुठ्ठी मायाको लागि तड्पने हो
मायाभन्दा ठूलो रहेछ धन
तिमीसँग धनछैन कसैले माया गर्छ
त्यो हुनसक्छ एउटा देखावटी पन ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *