Skip to content

रहरले नै ठुलै हाँगो समाउँदै गयो


रहरले ठुलै हाँगो समाउँदै गयो ।
अलि मिठो खान भनी रमाउँदै गयो ।

सुशासन इमान् नैतिकताको कुरा गरी
वाह वाह भन्ने नाम कमाउँदै गयो ।

सियो थियो फाली बनी निस्किएर आफैं
सबका सामु आफ्नो धाक जमाउँदै गयो ।

नेतृत्वको नेता भई रक्षा गर्छु भन्थ्यो
गुण्डा सामु आफैं खुट्टा कमाउँदै गयो ।

ईख् नभाको मान्छे, विष नभाको सर्प झैं
बिदेशीको हातमा देश थमाउँदै गयो ।

………….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *