अतितका पानाहरू पल्टाएर हेरेँ
तस्बिर त्यो मधुरो थ्यो उठाएर हेरेँ ।।१।।
बिग्रिएको बाजा रैछ जिन्दगी यो हाम्रो
निस्केन खै धुन पनि बजाएर हेरेँ ।।२।।
उर्लदै थ्यो जवानी त्यो छछल्केर गयो
हल्का हल्का सुम्सुम्याउदै समाएर हेरेँ ।।३।।
वैलिएको फूल रैछ जिन्दगीको कथा
पुष्पगुच्छा लोलाए झै लोलाएर हेरेँ ।।४।।
नैन ताल भन्थे जीवन मरुभूमि रैछ
अँश्रुधारा आँखाबाट ओभाएर हेरेँ ।।५।।
