सम्झिएर नरुनु है मलाई राति राति
म मरे नि खुसी हुनु सधै हुन जाती
सपनीमा देख्छु सधैं काल आई लगेको
तिमी रुदाँ अतालिदै तिम्रो आँसु बगेको
तिम्ले पनि चडायौ त्यही लासमा पाती
म मरे नि खुसी हुनु सधै हुन जाती
तिम्रो माया यो मुटुमा साँच्दिन कि अब
दिन आयो नजिक मेरा बाँच्दिन कि अब
कस्तो पापी छाडी गयो नभन्नु है धाती
म मरे नि खुसी हुनु सधै हुन जाती
सम्झिएर नरुनु है मलाई राति राति
म मरे नि खुसी हुनु सधै हुन जाती
……….दर्पण
