किन भाग्छ्यौ टाढा टाढा जति माया गरे पनि
कमी हुन्न माया मेरो बरु मर्छु मरे पनि
समय ले नबुझ्दिँदा भेट हाम्रो नभाको हो
गन्तब्य नै भेटियेन जति जंघार तरे पनि
भेट्न भनी आएको म तिम्ले कुरिराछौ भनी
नजानेको भाषा मैले जेजे पर्छ परे भनि
नटाढिनु तेसो गरी मलाई एक्लो पारी यहा
आउ आउ फर्की घरमा अर्कै घरमा सरे पनि
