Skip to content

जानी जानी जिन्दगीको बाटो


आफन्तहरू सँगको नाता, लाग्छ सबै तोडिदिऊँ
जानी जानी जिन्दगीको बाटो, लाग्छ आँफै मोडिदिऊँ

जादै गर्दा भेटियो मन्दिर थाति राखी देवतालाई
बोकेको सपनाको पोको यो, लाग्छ यहि छोडिदिऊँ

भावीले लेखेको के छ कुन्नि सोचेको जस्तो भएन
कहिलेकाही यो अभागी, लाग्छ खप्पर फोडिदिऊँ

सबै हेर्छन आफ्नो मात्र पाए लुट्छन मेरै भनी
यो स्वार्थी सँसारबाट, लाग्छ आफैलाई गोडिदिऊँ

उजाड सरी यो जीवनको के नै अर्थ रहयो र
मृत्यृसँग मायाको अब त, लाग्छ डोरी जोडिदिऊँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *