Skip to content

संघर्शको मैदानमा

JituKhadka-03


संघर्शको मैदानमा होमिएको छु
अभावको राप भित्र रापिएको छु ।।१।।

जाली रै’छ तिमी बस्ने शहर यो
बैमनीको कचिङलमा मुछिएको छु ।।२।।

निहालेर हेर तिमी गोधुली साँझ
घामसँगै अस्ताउदै बिलिएको छु ।।३।।

बन्धनको पर्खाल छ वरिपरि
माछी जस्तै झिरभित्र उनिएको छु ।।४।।

शंख ध्वनि गुञ्जाईदेउ मलामी हो
कात्रो ओडी चितामाथि सजिएको छु ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *