Skip to content

जसोतसो चलेकै छ साथी


जिन्दगी यो जसोतसो चलेकै छ साथी
खेल्दै पौंठे जोरी मृत्यु छलेकै छ साथी

तिम्रो जस्तो मोजमस्ती नभए नि हाम्रो
निभ्या छैन घर्मा चुलो बलेकै छ साथी

गरिब छौं के भयो त घोटी दश नंग्रा
सुख दुख घर गृहस्थी टलेकै छ साथी

आलिसान महलको बास छैन त के भो
हांसी खुशी शुभ सांझ ढलेकै छ साथी

चाँदीमाथि सुन ओढी सुत्नेको नि यहाँ
असंतोकि रापले मन जलेकै छ साथी

नछ्लेरै दुनियाको आँखा खोस्री बाँझो
मानो रोपी मुरी अन्न फलेकै छ साथी

अदृश्य नै किन नहोस परजीबी जन्तु
किसान् सामु झुकी पाउ मलेकै छ साथी

4 thoughts on “जसोतसो चलेकै छ साथी”

  1. कति मनहरु छन् , आफै भित्र
    कति मनहरु छन् , आफै भित्र हराउने
    गडगडियो कि बादल, बिरह पनि पलाउने
    झरि बषेॅ,सधैं भरि ,सक्छ काँहा मन रमाउन
    बोल्छ पिडा अधर बाटै,तेक्त मन कराउने

    जोरि हात गरें बिन्ति तिमलाई माया,सधै भरि
    प्रीत् खचीॅ पल पल, मन् मा ,मिल्दैन् कबै सुख
    पिडा बाच्न ,जिवन पाउनेहरु ,दिन्छन अरु कनै दुख
    जति दिनु दिए सकेउ ,भोग्छु अब यो मेरो बिलासिता
    पिउछु प्यारै ठानि बिष ,अंरित मिलोस तिम्लाई भला!।।

  2. Pratik
    तिमि हरायेउ यता बाट भेटें अन्तै पाखामा
    छायो किन मलिन्ता देखें, टाडै बाटामा
    रिसाईछौ वा, मारि मन बाँचिछौ बारि बन
    न भन्नु मलाई !निष्ठुर्य्! ,छकाई लुकि घारिमा

  3. ऋतु हरु छन ,तिमि फेरिन्छौ
    ऋतु हरु छन ,तिमि फेरिन्छौ ऋतुहरु सङ
    मन फेरिन्छ , आत्मा का सुखहरु सङ्
    दिन्छौ कि मिठास ,फेरेर रङहरु
    चाहना बसन्तका ,भोगौं कि तिमि सङ

  4. Pratik
    तिमि हरायेउ यता बाट भेटें अन्तै पाखामा
    छायो किन मलिन्ता देखें, टाडै बाटामा
    रिसाईछौ वा, मारि मन बाँचिछौ बारि बन
    न भन्नु मलाई !निष्ठुर्य्! ,छकाई लुकि घारिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *