Skip to content

टिप्न नखोज्नु तिमी हाँगाबाट झरिसके


टिप्न नखोज्नु तिमी हाँगाबाट झरिसके
उज्यालो नठान्नु अन्धकारमा फसिसके

आशा सबै निरासामा परिणत भो मेरो
सत्य नरोज्नु तिमी खरानी मैले धसिसके

जाँदैछु धेरै टाढा तिमीदेखि टाढा साथी
अब नभेट्नु लाग्छ दुनियाँबाट मासिसके

उजाड भयो जीवन उजाडमा नै रम्छु म
खुशी नल्याउनु बिन्ती दुख दर्द रोजिसके

दौडनु छैन मलाई जीवनका रेसहरू
आशा नर्गनू अब जीवनदेखि थाकिसके

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *