यो तिहारमा आउन पाइन नरुनु है दिदी
भाइलाई सम्झी धेरै दुखी नहुनु है दिदी
परदेशीको जीवन न हो के हुन्थ्यो र सोचे जस्तो
परिस्थिति यस्तै भनी सहनु है दिदी
फुले होलान् आँगनभरि सयपत्री मखमली
बोटमै फुलिरहन दिनु नछुनु है दिदी
आउने बाचा गरेको थें पाइन तर छुट्टी
हेला गरी भाइले ढाँट्यो नभन्नु है दिदी
अर्को साल त पक्कै आउछु काम छोडेर पनि
मनमा विश्वास जीवित राखी पर्खिरहनु दिदी
