यो देशको राष्ट्रपति सालो उस्कै अरे
यो पाली त मन्त्री हुने पालो उस्कै अरे
सुनदेखि नुनसम्म सियोदेखि दियो
के छ हाम्रो ? कात्रो बेर्ने टालो उस्कै अरे
सिसीदेखि ॠषिसम्म टाटादेखि बाटा
थोत्रो मोत्रो भए जति कालो उस्कै अरे
पौरखी म नेपाली हुँ गर्ब कहाँ गरूँ ?
नेताज्युले मागी खाने डालो उस्कै अरे
सहमति किन हुन्न? सोच्दै थिए म नि
राजनीतिमा ओछ्याएको जालो उस्कै अरे

सुन्दर
सुन्दर