Skip to content

आगमनले तिम्रो मेरो जीवनमा


दुःखै दुःखको मेरो संसारमा
सुःखै सुःख आउनु छ ।
आगमनले तिम्रो मेरो जीवनमा
नयाँ उमङ्ग छाउनु छ ।।१।।

ओभानो छ आँखाका डिल
मुल फुटाई तिमी आउनु
आउनु अब यसरी आउनु
अटुट् प्रीतको बन्धन ल्याउनु ।।२।।

भाकी देवी देउता बरु
तिमीलाई बरमा पाउनु छ
आगमनले तिम्रो मेरो जीवनमा
नयाँ उमङ्ग छाउनु छ ।।३।।

लिई जन्ती पञ्चे बाजा
तिम्रै धर आउँला बरु ।
घुम्टो ओढाई सिउँदो सजाई
मेरै आँगन ल्याउँला बरु ।।४।।

जुनी जुनी सयौं जुनी
तिमीसँगै बिताउनु छ
आगमनले तिम्रो मेरो जीवनमा
नयाँ उमङ्ग छाउनु छ ।।५।।

दुःखै दुःखको मेरो संसारमा
सुःखै सुःख आउनु छ ।
आगमनले तिम्रो मेरो जीवनमा
नयाँ उमङ्ग छाउनु छ………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *