Skip to content

आमा ! फेरी बुद्ध जन्माउनु पर्छ


अब तोपको बारूदहरूमा
प्रत्येक मस्तिष्कका सोचहरूमा
यो निलो सगर मुनि
यो हरियो धर्ती माथि
खेतका प्रत्येक गराहरूमा
बुद्धहरू रोप्नु पर्छ
प्रत्येक युद्धका सोचहरूमा
यो धर्तीको ओछ्यानहरूमा
बुद्ध फलाउनु पर्छ
बुद्ध जन्माउनु पर्छ

आगोका लप्काहरूले
बारूदका पडकाहरूले
धर्ति बिक्षिप्त बनी सक्यो
त्यसैले आऊ अब फेरि बुद्ध रोप्नु पर्छ
आऊ फेरी अब बुद्ध बोक्नु पर्छ

प्रत्येक गाउ बस्तीहरूमा
प्रत्येक गगन चुम्बीहरूमा
बुद्ध रोपेर फलाउनु पर्छ
प्रत्येक आमाहरूले अब
जननीहरू ! अब को गर्भ धारणमा
बुद्ध बोक्नु पर्छ
बुद्ध गर्भ धारण गर्नु पर्छ
बुद्ध जन्मनु पर्छ / बुद्ध जन्माउनु पर्छ
प्रत्येक बाबुका काँधहरूले
अब बुद्ध बोक्नु पर्छ

आखाहरूले शान्त संसार देखुन
मनहरूले माया बाडून
कोमलता छहारी बनोस
अब बुद्ध बोक्नु पर्छ
प्रत्येक बाबुका काँधहरूले

प्रत्येक मस्तिष्क हरुले
बुद्ध का आँखा भएर
मानवता बोक्नु पर्छ

आऊ अब बुद्ध रोप्नु पर्छ
प्रत्येक आमाका गर्भहरूमा बुद्ध बोक्नु पर्छ
प्रत्येक गराहरूमा बुद्ध उमारेर
बुद्ध फल्नु पर्छ
प्रत्येक मस्तिष्कका सोचहरूमा
अब बुद्ध फल्न पर्छ
आमा ! फेरी बुद्ध जन्माउनु पर्छ !!
=================
बुद्ध पुर्णिमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *