Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, नोभेम्बर)

  • by
20121120_AcharyaPrabha_News


कोलोराडो प्रतिनिधि/डेन्भर,
नोभेम्बर १९, २०१२

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा १०३ औं स्व. महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्तीका साथै आचार्य प्रभाको गजल संग्रह “असह्य चित्कार” तथा कोलोराडोबासी लेखकहरूका रचनाहरूका सँगालो “साहित्य संगम”को बिमोचन र अनेसास कोलोराडो च्याप्टरका नयाँ कार्यकारीणी समितिका पदाधिकारीहरूलाई पद हस्तान्तरण कार्यक्रम यही नोभेम्बर १८ तारिख आइतबारको दिन भब्यताको साथ सम्पन्न भयो ।

उक्त कार्यक्रमको संचालन अनेसास कोलोराडो च्याप्टरका निबर्तमान उपाध्यक्ष केशब आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतिमा पदम विश्वकर्मा हुनुहुन्थ्यो ।

कार्यक्रमलाई तीन चरणमा बाँडिएको थियो । प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो । प्रमुख अतिथिमा बरिष्ठ गजलकार/कथाकार मनु ब्राजाकी हुनुहुन्थ्यो । अतिथिहरूमा भु.पू. केन्द्रीय अध्यक्ष तथा सल्लाहाकार ज्ञानेन्द्र गदाल, रक्की माउन्टैनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बरिष्ठ गायिका मीरा राणा, सदस्य बोर्ड अफ ट्रष्ट्री डा. बिजय राज शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको समुद्घाटन मनु ब्राजाकीज्युले गर्नु भएको थियो । उक्त कार्यक्रमको साहित्यिक ढोका सबै अतिथि तथा सहभागीहरूबाट देवकोटाको तस्बिरमा माल्यार्पण गरेर खोलिएको थियो । स्व. देवकोटालाई सम्झने क्रममा गायिका मीरा राणाज्यु र गायक तथा वाध्य बादक मनोज तुलाधारले देवकोटाद्वारा रचित “इश्वर तैंले रचेर फेरि कसरी बिगारिस्” बोलको गीत गाएर सम्पूर्ण सहभागीहरूलाइे मौन तुल्याउनु भएको थियो । साँच्चै नै उक्त गीत सुनेर देवकोटाको स्मरण झल्झली भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तारा अधिकारीले गर्नु भएको थियो

अनेसास कोलोराडो च्याप्टरका नव आगन्तुक पदाधिकारीहरूलाई स्वागत गर्दै रक्किमाउन्टैनका अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठले छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो । सधैं झैं डा. बिजयराज शर्माज्युले देवकोटाप्रती श्रद्धान्जलीका शब्दहरू चढाउनु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा आचार्य प्रभाद्वारा संग्रहित गजल संग्रह “असह्य चित्कार”को बिमोचन बरिष्ठ गजलकार मनु ब्राजाकीज्युले गर्नु भएको थियो भने आचार्य प्रभाले आफ्नो गजल संग्रहबारे केही उद्गार पोख्नु भएको थियो । त्यसै क्रममा अर्को पुस्तक “कोलोराडो साहित्य संगम”को पनी मनु ब्राजाकीज्युले बिमोचन गर्नु भएको थियो । उक्त पुस्तकको बारेमा राजु सिटौलाले केही मन्तब्य दिनु हुँदै कोलोराडो च्याप्टरको दुई बर्षको प्रगति प्रतिबेदन पनि प्रस्तुत गर्नु भएको थियो । यसै गरी आर्थिक प्रतिबेदन सम्झना आचार्यले प्रस्तुत गर्नु भएको थियो । साहित्य संगमका आयोजकहरूलाइे भु.पू. केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालज्युले प्रमाण पत्र बितरण गर्नु भएको थियो । सोही क्रममा प्रमुख निर्वाचन आयुक्त श्री रत्न भण्डारीले नव निर्वाचित पदाधिकारीहरूको घोषणा गर्दै परिचय दिनु भएको थियो । नव नियुक्त पदहरूमा अध्यक्ष आचार्य प्रभा, उपाध्यक्ष राजु सिटौला, महासचिव कपिलदेव सुबेदी र कोषध्यक्षमा सम्झना आचार्य हुनुहुन्छ । उक्त नव निर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष आचार्य प्रभाले छोटो मन्तब्य दिनु भएको थियो । पूर्व केन्द्रीय अनेसास अध्यक्ष ज्ञानेन्द्र गदालज्युले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको तेश्रो चरणमा साहित्यनुरागी तथा लेखकहरूबाट मन्तब्य र रचना बाचन गरिएको थियो । आ-आफ्ना रचना बाचन गर्नु हुनेहरूमा डा. बिजय राज शर्मा, प्रमिला शर्मा, निर्मला शर्मा, साबु गदाल, तारा अधिकारी, सम्झना आचार्य, कुमारजंग कार्की, भिष्म प्रधान, कपिलदेव सुबेदी, ज्ञानेन्द्र गदाल, मनु ब्राजाकी, पदम विश्वकर्मा, प्रेम श्रेष्ठ, भुपेन्द्र महत, सरगम गदाल, श्रीराम लुइंटेल तथा आचार्य प्रभा हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मन्तब्य दिनुहुने महानुभावहरूले बितेका दुई बर्षमा कोलोराडो च्याप्टरले जे जती गर्‍यो त्यस्को सर्‍हाना निबर्तमान अध्यक्ष पदम विश्वकर्मा तथा वहाँको सहकर्मी सबैलाईलाई जाने बताउनु भयो । कार्यक्रमको अन्त्यमा निबर्तमान अध्यक्ष पदम विश्वकर्माज्युले आफ्नो मन्तब्यमा धन्यवाद ज्ञापन गर्नु हुँदै नवआगन्तुक पदाधिकारीहरूलाई शुभकामना सहित च्याप्टरका सबै सामाग्रीहरू बर्तमान अध्यक्ष आचार्य प्रभालाई हस्तान्तरण गर्नु भएको थियो । निबर्तमान अध्यक्ष पदम विश्वाकर्मालाई वहाँको कार्यकालमा वहाँले गर्नु भएको योग्दानको निम्ति सबैले नै सर्‍हाना गर्नु भएको थियो ।

यसरी बिभिन्न कार्यक्रमको साथमा १०३ औं देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम र पद हस्तान्तरण कार्यक्रम सफलता पूर्वक समापन भएको थियो । कार्यक्रमको अन्त्यमा भोजनको पनि ब्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *