अल्लारे उमेर साथीको बिहे कति रमाइलो हुन्छ कति न के के गरौँ हुन्छ ताम झाम अनि फुर्ति त्यसै बढेर आउँछ बेहुलो भन्दा आँफु राम्रो हुन मन लाग्छ गाउँ घरमा त्यसको अर्कै महत्व हुन्छ अनि अन्य साथी भाईहरुको बिहे भन्दा आफ्नु बिहे ढिलो भयो भने झन् धेरै आनन्द लुट्न पाइँदो रहेछ / माघको महिना तराइमा पनि निक्कैनै जाडो हुन्छ एउटा साथीको बिहे हुने भयो हामी ज्यादै खुसी भयौं कतै निम्तो पो न आउने होकी भन्ने डरले चैं केहि सताई रहेको थियो तर त्यस्तो भएन हाम्रो टोलीका सबैलाई निम्तो भएछ कोहो साथी दार्जेलिंग पद्थे कोहि बिराटनगर कोहि इलाम अनि कोहि भध्रपुर् पढ्ने साथीहरु अनि कोहि काठमान्डू थिए तर त्यो बिहेमा सबैलाई निम्तो पुगेछ जन्ती जाने दिन बिहानै बेहुलाको घरमा भेला भए लामो अन्तराल पछी भेट भाको थियो भलाकुसारी सकिए पछी साथी केशर को बिहेको सहयोगमा जुटियो/ स्वागत गेट अनि जन्ती चढ्ने गाडीको खोजीमा कोहि साथी जुटे कोहि बेहुलाको कार सिंगार्न थाले / लगभग ३ बजे दिउसो जन्ती जान लाई चुनिएका जति लाइ बेहुलाको आमाले टिका लगाई दिइन हाम्रो निधारमा टिका परेकोले हामी सबै दंग भयौ / यसरि एउटा अभिन्न मित्र केशरको बिहेमा जन्ती भएर जान पाएकोमा हामीलाई धेरै खुसी लागेको थियो / केशर का बा सरकारी जागिरे धेरै ठुलो धाक थियो त्यो गाउँमा सबैले उनलाई चिन्थे अनि हामी पनि दंग थियौ केशर का बा तर्क बहादुरले हामीलाई नजिकै बाट चिनेकोमा हो पनि उनको छोराका जो साथीहरु थियौ हामी / बस भित्र जन्तीहरु चढी सकेपछी त्यो जन्ती यात्रा लाग्यो बोराबन तिर साँझ पख गन्तव्यमा पुग्यो हाम्रो बिहेको लश्कर बिहे घर भन्दा अलिक ओरै रोकियो हामी सबै उत्रियौं / त्यहाँ बाट पत्र पठाउने त्यो पछी भात खराउ पठाउने अनि त्यो पछी मात्र सबै जन्ती र बेहुलो लिएर जाने कार्यक्रम बन्यो त्यसै गरयौं योजना अनुसार काम भयो पत्रेहरुले पत्र लगाएर फर्कुन्जेल हामी त्यहि चोकमा बसिरहयों/ बेहुलालाई जिस्काई रहयौँ/ अनि दोस्रो कार्यक्रम अनुसार भात खराउ जाने निधो भयो / बेहुलाको बाबुले भात खराउ केशर का साथीहरुलाई पठाउनु भनेर उर्दी गरे हामी पनि भोक पनि लागेको अनि रहर पनि जागेको बिधि बिधान अनुसार लाग्यौं भात खराउ तिर /
घरको रमझम राम्रो सजावट गाउँको घर भएर पनि सबै थोकको परिबन्द मिलेका हामी सबैले कुरा गरयौं केशर ले ससुराली राम्रै पाएछ भनेर यिनै तर्कहरु संगै बार्दली तिर कतै बेहुली देख्न पाइन्छ कि भनेर हेर्दै थियौं ३/४ जना भद्र भलाद्मी आए अनि त्यहाँ एक जनाले भने ल भात खराउ लाई टिका लगाएर खाना खान लानु अनि जन्ती लिन वहा हरुलाई नै पठाउनु भनेर अराए / सोहि अनुसार टिका लाउन पाइयो खाममा पैसा पनि पाइयो दंग भैयो अनि खाना खान भित्र भान्सामा हामी लाई लगियो / बडो सुन्दर काठको घर भए पनि भुइँ तलामा सबै भान्साकोठा रहेछ २०/२५ जना ले एकै पटक खाना खान सक्ने ठाउँ रहेछ फराक रहेछ हामीलाई खाना खानु भन्दा पहिले सगुन भन्दै स्टील को ग्लास मा रक्सी हाली दिए पिउने ले पिए नापिउनेले त्यहि छोडे त्यो भन्दा आवश्यक भोक थियो तातो भात खान पाइहाले हुन्थ्यो भएको थियो म र जगत चैं खाना तिर लाग्यौं खाना पस्किएर खान मात्र आटेका थियौ त्यहाँ उपद्रो सुरु भै गयो खाना खानु होइन ज्यान जोगाउन गारो होला जस्तो भयो हामीले पस्किएको खाना त्यहि छोड्यौं !
त्यहाँ हामी पुग्नु भन्दा अगावै घर गाउँले हरु टन्न पिउदै थिए तिनीहरु ठुलो स्वरमा हल्ला गरिरहेका थिए हाम्रो आपसी गफ हामी बिचमै पनि सुन्न नसकिने भएको थियो १/२ ग्लास स्टील रित्तिएछ् क्यार हाम्रो दार्जेलिंग पढ्दै गरेको साथी शिवलाल अकस्मात जंगियो -‘स्याट अप (shut up ) त्यो स्वर ले सबै स्तब्ध भैयो घर गाउँले हरु मा पनि चकमन्नता छायो उनीहरुको बीचबाट एक जना जुरुक्क उठेर बम्किए सबैले सिरुपाते खुकुरी भिरेका थिए अनि भन्न थाले हेल्लो यो स्याट अप भनेको के हो अनि कसलाई भनेको हो मेरो अंग्रेजी पढेर आएको साथीले अरु १ ग्लास स्टील पुन रित्यैसकेका थिए अनि उनैले जवाफ दिए यो भनेको चुप लाग भनेको हो अनि तँलाई भनेको हो …..अब त के थियो र त्यहाँ सिरुपाते टल्कन थाल्यो सबै जनाले उफ्रदै खुकुरी निकाल्दै दापमा हाल्दै गर्न थाले अनि एकोहोरो सोध्न थाले स्याटाप भनेको के हो हाम्रै एकजना अलिक बुज्रुग साथी हिरामान उनले तिनीहरुलाई सम्झाउने कोशिस गरे केहि हद सम्म त सम्झाए उनीहरुले पनि चित्त बुझाए तर के गर्नु फेरी एक जना बम्किहाले होइन यो स्याटाप भनेको के हो अलिक बुझिएन नि हाम्रो अंग्रेजीको विद्वानले सिकुवा तिर बाट चम्पट कसे छन् त्यो पछी त ति सिरुपाते भिरेका साथीहरु हामी माथि कहाँ भगायौ त्यो स्याटाप लाई भन्दै कठोर रुपमै निहुँ खोज्न थाले ठुलो सकसमा परियो भाग्न पनि सजिलो थिएन, हाम्रो हल्लाले बेहुलीका दाजु आएर तिनीहरुलाई सम्झाउन लागे तर तिनीहरुले अब हामीलाई नछोड्ने नै भनेर धुलाई दिने भन्न थाले हामी जेन तेन भाग्न सफल भयौं / रात परिसकेको थियो १/२ गर्दै हामी ७ जना रहेछौ त्यहाँ बाट कुलेलम ठोक्यौ हाम्रो स्याटाप साथीलाई नहरको डिलमा भेट्यौं / पछि पछि हल्लागर्दै हामीलाई खेद्दै आइरहेका थिए स्याटाप का बिरोधी हरु अब ज्यान जोगाउन नहर पारिनै हाम फालेर भाग्नुको बिकल्प थिएन क्रमश एक एक गर्दै पर बाट उफ्रदै हाम फाल्दै पारि तर्दै थियौं हामी बिचको एउटा साथी मनोज हाम फाल्दा पारि नपुगी पानीमै पर्यो चुर्लुम्म डुब्यो बिचरा त्यो माघको रातिको जाडोमा नहरको पानीमा चुर्लुम्म पर्यो/ तानेर बाहिर ल्यायौ उ सबै भिजेको थियो / जाडो माघको सबै लुगा भिजे शरीर सबै पानीमा डुबेको कल्पना गरौँ कस्तो जाडो भयो होला उसलाई हामी नाभिजेका त जाडोले थुर थुर काम्दै थ्यौ / हामी त्यो गाउँ तरेर पारि पट्टि लाग्यौ अलिक पर अलि अलि आगो को उज्यालो देखियो रातिको १० बजी सकेको थियो त्यो हाम्रो स्याटाप आन्दोलनको दुखले उतातिर बिहेको रमझम के कस्तो भयो थाहा भएन पिन मात्र हुदै थियो साथी हरु को भात खराउ हरु खान नपाइ कन भाग्नु परेको ले एकातिर भोको पेट अर्को तिर माघको सिरेटो राति भिजेको साथी बडो दुख संग भागिरहेका थियौ / अब चैं बच्ने भैयो भन्ने आशले त्यो आगो बालेको तिर लाग्यौ ४/५ जना बुढा बुढी हरु घुर तापिरहेका रहेछन त्यहाँ सायद जाडोमा ओढ्ने लुगा नपुगेर केटा केटि लाई भित्र सुताएर बाहिर बुढा बुढी हरु चै न्यानोको लागि होला आगो तापी रहेका थिए / हामी त्यहाँ ठुलो आशा लिएर पुग्यौ मनोज कामि रहेको थियो अब चै त्यसलाई सेक्नू पर्छ भनेर छेउमा मात्र के पुगेका थियौ ति घर गाउँले हरु उठेर कराउन थाले हो हो हेई डाका फिर आ गैल रे हौ डकैत फिर आगैल गाउँ नै थर्कियो / अब त झन् ज्यान जोगाउन गारो भयो त्यहाँ बाट अन्धकारमा भाग भाग भयो को कता को कता भैयो कमसे कम केहि छिन अगी सम्म त सबै संगै थियौ / अर्को साथी शिखर धेरै अगाडी पुगेर करायो ए साथी हो अब फेरी पारिनै जाउँ है बिहे घर तिरै भन्यो जे होला अब चैं मरे पनि मरियोस भन्दै पुन बिहे घर तिरै क्रमश लागियो केहि समय पछी एक दुइ गर्दै बिहेको जग्गे छेउमा हामी सबै भेला भयौ /स्याटाप विरोधीहरु सबै कोहि कता कोहि कता लागे छन् हामीलाई घर गाउले हरुले सबै तिर खोजेर थाकेर बसेका रहेछन /पारि पट्टि गाउमा १ हप्ता अगाडी डाका लागेको रहेछ ति आगो तापेर बसेका हरु रात्रीको पालोमा परेका गाउँले स्वयम् सेवक रहेछन त्यहि बिहे घर बाट थाहा भयो / धन्न बाँचीएछ /
झन्डै झन्डै बिहे नै नगर्ने भनेर बेहुलाका बाबुले ठुलै बिद्रोह गरेछन / हाम्रो बिषय मा थाहा पाएर जग्गेमा भएको छोरो लाइ उठ केशर छोड दे बिहे सिहे तेरा साथीहरुले कुटाइ खान्छन भने चाहिदैन यस्तो घर हिड भने छन् /बेहुलीको बाबुको ठुलो अनुनय बिनय पछी पुन बिहेको कार्यक्रम सुरु भएछ धन्न एउटा जोडिन लागेको सम्बन्ध बिग्रन बाट बचे छ / हामीलाई देखेर सबै खुसी भए हामी पनि बाच्न पाइयो भनेर उब्रेको खानेकुरा खाएर रात बितायौ बिहान बिहे सकिए पछी सौहाद्र पूर्ण बेहुली लिएर सबै जन्ती हरु संगै फर्कियौ /कहाँ गए ति स्याट अप का बिरोधी हरु बिहान भेटिएनन / एउटा सानु गाउँले केटोले भन्दै थियो तिनीहरु कोहि खमारमा , कोहि कान्लामुनि कोहि ठुलो गरा खेतको अग्लो आलिमा सुतिराखेका छन् अर्थात अहिले सम्म तिन पानेले छोडेको छैन /
धन्य हो त्यो बोराबन माघको जाडो भागा भाग अनि दर्जेलिंगे त्यो अंग्रेजी स्याटाप …..! धन्य हो ….
====================================
