Skip to content


असरल्ल छरिएका भावना
लठिपत्र भएका सपना
कुनै पुरा हुने आस छैन
मेरो लागि तिहार कुनै खास छैन

दुई बहिनी रुँदा हुन तस्बिर हेरी
एउटा भएको दाजु घरमा बास छैन
मेरो लागि तिहार कुनै खास छैन

न भैलो, न देउसी न त लङुर्बुर्जा
न सयपतृ, न बेली न त मखमली
केही आस पास छैन
मेरो लागि तिहार कुनै खास छैन

कोही म्यारिज कोही फलास कोही कल्ब्रेक्
कोही किटी खेल्छन होला कोही मिल्पत्ती
आफ्नो हात म कुनै तास छैन
मेरो लागी तिहार कुनै खास छैन

तोयानाथ पौडेल
मरुभुमीको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *