प्रत्येक रात सपनीमा आउने गर्छौ तिमी
म हिँड्ने बाटो सधैं धाउने गर्छौ तिमी
कम्बर मर्काई सुरिलो स्वरमा लठ्याउने
मायाप्रीतिका गीत गाउने गर्छौ तिमी
चट्ट राम्रो सुहाउने अप्सरा झैं लाग्ने
चौबन्दी चोली गुन्यु लाउने गर्छौ तिमी
कहिले सुवास छर्दौ मदहोस बनाई
मनको कुनाकुना च्याउने गर्छौ तिमी
सुटुक्क आई शान्त मनको पानी चलाई
स्नेहरुपी डूङ्गा ख्याउने गर्छौ तिमी
सनम गोले
मकवानपुर हाल मलेशिया
