भगवान आज, टरेर रुँदैछु
गरीबीको मार, परेर रुँदैछु
दुई छाक खान, नपुग्दा घरमा
देशको सीमाना, तरेर रुँदैछु
बाध्यताले गर्दा, बिरानो ठाउँमा
पसिना र रगत, छरेर रुँदैछु
मेहेनत गर्दा, ज्याल नदिएर
अन्याय साहुले, गरेर रुँदैछु
विदेशी भूमिमा, जवान नेपाली
अकालमै फेरि, मरेर रुँदैछु
“अभागी” मुकेश रेउले
बलिया ८ आदर्श नगर
कैलाली सुदुर-पश्चिम
हालः मुम्बई
