दाजुभाइ दिदीबहिनी तिम्रै शरण पर्छु
दुःखी चेली विचरीको अब वयान गर्छु ।
सोह्र वर्षे उमेरमा बिहे भाको छैन
यो मनमा लड्छ पहिरो केही रहँदैन ।
माइत घरमा बस्दाबस्दै बूढी भइयो खाल्पा
भो आखिरी मर्ने बेला अब कसले पाल्छ !
हरे शिव ! विचरीको मनले हरेस खा’को
त्यसै साल मङ्सिरमा तिनको विहे भा’को ।
वुढेसकालमा विचरीको बिहे भयो बल्ल
छोरी घरमा पठाउन भयो खललबल्ल ।
आमाबाबुसित छोरी विदा भई गा’की
विचरीले त्यस घरमा कस्तो आपत् पा’की ।
सासू साह्रै गनगन गर्छे, त्यस बुहारीमाथि
घरको त्यो सबै भारा त्यसैमाथि राखी ।
बुहारीलाई सासू चाहिँले अह्राइसिकाइ रा’को
अलिकति काम बिग्रे शिरमा आउँछ लाठो ।
घरको काम सम्झिएर मन वैरागी भा’को
माइत गई आमासँग दुःख पोखी रा’को ।
के गर्छेस् त त्यस्तै र’छ छोरी तेरो कर्म
जस्तै दुःख परे पनि बस्नु आफ्नै घरमा ।
संकलकन – इन्द्र थापा ‘मिलन’/लक्ष्मी रिजाल
