Skip to content

झनझन बढ्दै छ!


घट्ला भन्दा हिजो आज झनझन बढ्दै छ
हामी बीच खुटा तान्ने प्रचलन बढ्दै छ

भनिन्छ याँ चेतनशील प्राणी हो यो मानव
हत्या हिँसा हुन्न किन निवारण बढ्दै छ

कुल्ची लाखौँ आत्मा कठै देखावटी बाहिर
अपमान उफ् बुद्धत्वको प्रबचन बढ्दै छ

आफैं धामी आफैं बोक्सी बिचित्रको संजाल
हुन्न पर्ने खण्डन उल्टै समर्थन बढ्दै छ

जस्को शक्ति उस्कै भक्ति धन राखी काँधमा
त्यागी सत्य असत्यको विश्लेषण बढ्दै छ

अज्ञानता भनौं या खै भ्रम कुल्ची यथार्थ
आजभोलि मुखुन्डामा समर्पण बढ्दै छ

हत्केलाले सूर्य कैलै छेकिन्छ र व्यर्थैमा
हात काटी भाग्य मेट्ने उत्तेजन बढ्दै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *