Skip to content

आँखैमा झलझली हितैको दौंतरी

  • by


आँखैमा झलझली हितैको दौंतरी
चटक्कै नभुल्नू है माया
गाउँघरको कान्छोलाई
चटक्कै नभुल्नू है माया
यो सोझो कान्छोलाई
पोखरेली कान्छोलाई

लाली गुँरास चुल्ठैभरि
पिरती लाएको माया
खेर नजाओस् है
दुई हात जोडी देउराली भाकी
कसम खाएको माया
खेर नजाओस् है

सम्बन्ध हाम्रो झणभरको होइन
जनम जनमको माया
धोका नबनोस् है
मायाको बन्धन ख्याल ठट्टा होइन
साहरा तिमीनै हो माया
धोका नबनोस् है

शब्द, संगीत – शुक गुरुङ
स्वर – रविन श्रेष्ठ, शर्मिला बर्देवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *