Skip to content

सत्तोसराप गदै छौ रे


आँसु लागोस भलो नहोस, नहोस भनी जाती ।
सत्तोसराप गदै छौ रे आजकाल नानाभाँती ।।

बैगुण लुकाई सबका सामु बन्यौं आफैं गुणी
छोडेयौं साथ अकैं तिमीले रोजी गयौं चुनी
ब्रजपात हुँदा यो मनमा राखेँ चोटै थाँती
सत्तोसराप गदै छौ रे आजकाल नानाभाँती ।।

धारे हात लगाई लगाई माग्दै छौं रे मेरो काल
नआएनी यो ताली त पक्कै आउला अर्को साल
त्यतिबेला हेर्नु लासमा मलामी कै ताँती ।
सत्तोसराप गदै छौ रे आजकाल नानाभाँती ।।

आँसु लागोस भलो नहोस, नहोस भनी जाती ।
सत्तोसराप गदै छौ रे आजकाल नानाभाँती ।।………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *