Skip to content

गोरेटो त्यो गाउँको

  • by


गोरेटो त्यो गाउँको लौन आज
खोजी खोजी थाके नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन

एकलास बनमाझ देखिने बाटो आज
अल्मलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
वनभित्र थाके नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन

झमक्क पर्यो साँझ कहाँ बस्ने बास
एक्लो भएँ लौन म त
खबर नपाई मायालु तिम्रो
दोधारैमा परे नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन

शब्द – रत्न शमशेर थापा
स्वर – प्रेमध्वज प्रधान
संगीत – प्रेम माणिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *