सानो छदाँ आमा बाले
हातमा डोर्याई हिड्नु हुन्थ्यो
गोडा गले भन्दा खेरि
काँधमा बोकी लानु हुन्थ्यो
बुबु-माम खानलाई
छिन छिनमा सोध्नु हुन्थ्यो
दिदी दाइले केहि गरे
वहाहरुलाई डाट्नु हुन्थ्यो
सधैं सधैं आमा मेरी
माया धेरै गर्नु हुन्थ्यो
मैले खाए खानु हुन्थ्यो
नखाएमा ब्रतै हुन्थ्यो
जाडो गर्मी हुरी बतास
मेरै चिन्ता लिनु हुन्थ्यो
बिरामी भई ओछ्यान पर्दा
पल पलमा सोध्नु हुन्थ्यो
जीवनको त्यो दीप ज्योति
बढदै गयो फुल्दै गयो
आकाशहरु मेरो लागि
फराकिलो बन्दै गयो
सीमाहरू संसारका
साँगुरिए नजिक भए
बा आमालाई बिर्सिएर
यो जीवन यो परदेशमा
हे आमा प्रत्येक बर्ष आउछु भन्दै
आमा अब आउछु भन्दै ढाटी रहे
म आफ्नु जीवन आफैं ढाटी रहेछु
बालाई म आउदा लागेको ऋण
फर्काउछु भन्दै ठगि रहे
आशाहरु जिन्दगीका कति पाना पल्टे होला
विश्वासका धागाहरु सबै चुडालेर
म इतिहास रुवाउदै छु
यिनै आशाहरुको त्यान्द्रो मा
बा खोक्दा खोक्दै
मेरो छोरो आउछ भन्दा भन्दै
पोहोर साल धेरै टाढा जानु भयो
त्यसलाई मैले कर्म मेरो भन्दै
मन कूँढाएर सुँक्क पनि नगरी
भाग्य मेरो भन्दै अल्झी रहें
आमा मेरी सिकुवामा
बाटो हेरी बसी रहीन
यसपाली को दशैंमा
छोरो रुंग्दा रुंग्दै
छोरो भेटौ भन्दा भन्दै
आमा पनि जानु भएछ
कर्म भन्दै त्यसलाई पनि
भाग्य भन्दै त्यसलाई पनि
ढाटी रहें ढाटी रहें
जान्छु भन्दा भन्दै जानै सकिन
भेट्छु भन्दा भन्दै भेट्नै सकिन
सत्य भन्छु जाने अठोट नै गरिन
आशिर्वाद थाप्ने दुई पल म संग रहेन
कहाँ खोजौ अर्को पल कहाँ खोजौं जिन्दगी
अब म कहाँ खोजौं मेरो गोरेटो ……….
कहाँ खोजौ मेरो जिन्दगीको उकेरा हरु
स्वार्थको यो संसारमा म आज रित्तो भएको छु
=========================
