Skip to content

माया गर्ने मुटु माझमा


फूल बनी फूल्नु पर्ने
काडाँ बनी बसी दियौ ।
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौ ।।१।।

निदोर्ष थिएँ मायामा मत
तिम्ले मायाको दोषी बनायौं
आँखामा कैले सुक्दैनन् आँसु
सधैं बग्ने रोसी बनायौं ।।२।।

कोमल मेरा यी आँखामा
कसिङ्गर बनी बसी दियौ
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौ ।।३।।

पग्लेर साँच्चै नौनी जस्तै
चिप्लो धस्दै नजिक परिथ्यौं
जब आफनो रहर पुरा भो
अनि विस्तारै पर परिथ्यौं ।।४।।

महान भन्लान् सबैले तिम्लाई
मेरो नजरमा खसी दियौ
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौ ।।५।।

आफु एक्लै जाती बनी
घाती मेरो नाम दिएर
हातको ऐना भैं झारी
दर्पण भनी उपनाम दिएर ।।६।।

उल्टै आफैं नामी बनी
हरपल मनमा बसी दियौ
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौ ।।७।।

फूल बनी फूल्नु पर्ने
काडाँ बनी बसी दियौ ।
माया गर्ने मुटु माझमा
बसी छुरा धसी दियौ ।………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *