Skip to content

के थाहा त्यस्तो अनौठो

  • by
DeewakarBhattarai


के थाहा त्यस्तो अनौठो, सोच्दै सोचिएन
निस्पाप कर्म गर्यो फल, खोज्दै खोजिएन

हतारमा यात्रा गर्दा, ठेस कस्को नलाग्ला र !
सवारीमा जस्तो प्रेममा, कोच्दै कोचिएन

दुनिया स्वार्थी छ रे, बारम्बार सुने मैले
पीडामा धकेलेर कसैलाई, रोज्दै रोजिएन

निर्दोष मुटु घाइते पारी, गल्ती गर्छन हगि
विक्षिप्त मन झिनो काँडाले, घोच्दै घोचिएन

दिवाकर भट्टराई
प्राबिधिक & कार्यक्रम संचालक
दमौली एफ एम, तनहुँ
फोन:- ०६५-५६१७८१
मोबाईल:- ९८४६३७३३९०

Leave a Reply

Your email address will not be published. Required fields are marked *