Skip to content

सुन्य सुन्यताले छाउँदौछ मन किन

सुन्य सुन्यताले छाउँदौछ मन किन
जिउदो लाशझैं वेहोशीछ तन किन

सधैं हरियाली लागिरहने डाँडापाखा
आजा उदाश उदाश लाग्छ वन किन

गरिबको अस्थित्व नहुनेभो याहाँ
सबैलाई प्यारो लाग्छ धन किन

भाईचारा स्नेह सद्भाव केहिछैन
मानिस स्वार्थीस्वार्थी हुँदैछ झन किन

छोडेर आफ्नो कला संकृतीलाई हामी
नक्ल पार्दौ देखाउँछौ विदेशी पन किन

सनम गोले
दामन मकावनपुर हालम लेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *