Skip to content


नियतिको हेर यो कस्तो छ खेल
खने झैं छ खाल्टो सबैले मिलेर

कहाँ छ यहाँ कसैको भरोसा
बेतालको वस्तु झैं भएछ नाता
यहाँ भावनाको केही मोल छैन
शिकारी भो मान्छे विषालु भो माया

किन खोज्छ व्यर्थै कोही कसैको साहरा
डुबाएर पापै नडुब्ने किनारा
के हो आफ्नो कर्म के हो पाप धर्म
कोही छैन बुझ्ने यहाँ यतिखेर

शब्द – दिनेश अधिकारी
स्वर – अभिजित
संगीत – शुभ बहादुर
चलचित्र ‍- दाजुभाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *