धन्य छौ नेपाल आमा तिमी
कति सहन सकेको हो यो बोझहरू
बुझेनन् यहाँका नेता भनाउदाहरूले
कति सहेकछन आमाले पीडाहरू
उफ,
प्याकेजमा सहमति खोज्छन
कुर्सीमा सहमति खोज्छन
बाह्र बुँदामा सहमति खोज्छन
अझै के केमा खोज्ने हो सहमति
तर, खै,
तर खै कहाँ छ सहमति
केमा अल्झेको छ सहमति
कस्तो हुन्छ सहमति
कुन चरीको नाम हो सहमति
होसियार,
होसियार अब अरु नारुवाऊ नेपाल आमालाई
अब अरु सहने छैनन् नेपाल आमाले
अब अरु सहने छैनन् नेपाल आमाले ।
