Skip to content

त्यो बुझ्ने सकिन


कति हाँसोहरू अनाहकमा हासेँ
कति हाँसोहरू त्यो लूट्मा हासेँ
कहिले म हासेँ तिमी रुँदा खेरी
कहिले म हासेँ तिमी हाँस्दा खेरी

त्यो हाँसो तिमीले बुझ्नै सकिनौ
तिमी रुँदा मैले दिल खोलेर हासेँ
आँखाहरूमा आँशु झारी हासेँ
त्यो तिमीले बुझ्नै सकेनौ

तिमी हाँस्दा खेरी म रुँदै हासेँ
जलन भो पीडा भो त्यो तिम्रो मुहारमा
असह्य पीडा भो त्यो तिम्रो चलनमा
तैपनि म हासेँ लोक लाज छेक्न

म हासेँ त्यो रुन्चे हाँसो बोकेर
तिमी मख्ख पर्यौ त्यो हाँसो देखेर
म कप्टी भएँ कप्टी नै त भएछु
म कप्टी भएँ म कप्टी नै त रहेन नि

तिम्रो त्यो डाहाले पोलेर आयो
अब शुन्य भो म आफैंमा आफैं बिलाएँ
मैले बुझिन तिमी हाँसी रह्यौ नि
तिमीले बुझेनौ म कल्पिरहेँ नि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *